त्रिकोणात्मक टी–२०: पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने - Chaitanya News
  • 2026-07-30
  • 03:59:08
  • बुधबार,साउन १३, २०८३
  • त्रिकोणात्मक टी–२०: पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

    त्रिकोणात्मक टी–२०: पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

    लिग चरणको खेलमा नेपालले पीएनजीलाई एक पटक हराइसकेको छ। फाइनल खेल बिहान ११ः ४५ बजे सुरु हुनेछ। यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृङ्खलामा तेस्रो भएको थियो। आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो।