त्रिकोणात्मक टी– २० शृङ्खलामा उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै - Chaitanya News
  • 2026-10-05
  • 14:54:31
  • सोमबार,आश्विन १९, २०८३
  • त्रिकोणात्मक टी– २० शृङ्खलामा उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

    त्रिकोणात्मक टी– २० शृङ्खलामा उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

    काठमाडौँ– हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुनेछ। फाइनल खेल आज बिहान ११–४५ बजे सुरु हुनेछ।

    पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टिम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

    मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो।

    लिग चरणको खेल सकिँदा नेपालले ३ अंक र पीएनजीले २ अंक जोड्दा हङकङले १ अंक जोड्यो। अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ।

    नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाडेका थिए।