टी–२० आई: नेपालले पीएनजीलाई ८५ रनले हरायो - Chaitanya News
  • 2026-06-07
  • 12:37:22
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० आई: नेपालले पीएनजीलाई ८५ रनले हरायो

    टी–२० आई: नेपालले पीएनजीलाई ८५ रनले हरायो

    काठमाडौँ– हङकङमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी–पीएनजी)लाई ८५ रनले हराएको छ।

    जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो। पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए। टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

    नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जि।सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। गुलशन झा र आकाश चन्दले १९१ विकेट लिए।

    त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए।

    सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए। टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्ध शतक थियो।

    नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७।३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।

    लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए। विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे।

    कप्तान असद भालाले २ तथा जोन कारी, नर्मन भानुआ, नोसैना पोकना र १–१ विकेट लिए। नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।

    पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङको सामना गर्ने छ। त्यो खेलको विजेताले फाइनलमा भोलि नेपालसँग खेल्नेछ भने पराजित टोलीले हङकङ एको सामना गर्नेछ।