टी–२० आई: कुशल भुर्तेलको १ हजार रन पूरा - Chaitanya News
  • 2026-06-07
  • 12:34:49
  • आइतबार,जेठ २४, २०८३
  • टी–२० आई: कुशल भुर्तेलको १ हजार रन पूरा

    टी–२० आई: कुशल भुर्तेलको १ हजार रन पूरा

    काठमाडौँ– नेपाली क्रिकेटर कुशल भुर्तेलले त्रिकोणात्मक टी–२० आई सिरिजमा एक हजार रन पूरा गरेका छन्।

    पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए। त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन्।

    कुशलले ३६ खेलमा १ शतक र ८ अर्ध शतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन्। उनी नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन्। दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्ध शतकसहित १४७६ रन बनाएका छन्।