साइबर आक्रमणले डाउन भएको थियो फेसबुक, इन्स्टा र थ्रेड? - Chaitanya News
  • 2026-05-25
  • 09:28:52
  • सोमबार,जेठ ११, २०८३
  • साइबर आक्रमणले डाउन भएको थियो फेसबुक, इन्स्टा र थ्रेड?

    साइबर आक्रमणले डाउन भएको थियो फेसबुक, इन्स्टा र थ्रेड?

    क्यालिफोनिर्या– गए राति करिब डेढ घण्टासम्म सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक र थ्रेड चलेन। ह्वाट्स एप बाहेकका सबै सामाजिक सञ्जालमा एकै चोटी किन समस्या आयो भन्ने कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

    मेटा स्वयम्ले पनि अहिलेसम्म यसको कुनै ठोस कारण बताएको छैन। आउटेजको समयमा एकाउन्टहरु आफैं लग आउट भइरहेका थिए। प्रयोगकर्ताहरूको टाइमलाइन रिफ्रेश भइरहेको थिएन।

    यो समस्या देखिएपछि एक्सका मालिक एलन मस्कले त तपाईँले यो पोष्ट देखिरहनु भएको छ भने हाम्रो सेवाहरु ठिक छ र हाम्रो सर्भरले राम्रोसँग काम गरिरहेको छ भन्दै मेटालाई गिज्याएका थिए। साइबर आक्रमणका कारण मेटाका सेवाहरुमा समस्या आएको बताइएको छ। यो आउटेज केहि दिन अघि अमेरिकामा भएको साइबर आक्रमणको एक हिस्सा पनि हुन सक्ने धेरै विज्ञहरूले दाबी गरेका छन्। के साँच्चै मेटा साइबर आक्रमणको सिकार भएको थियो त?

    मेटाको आउटेजमा चिनियाँ ह्याकरहरूको हात

    मंगलबार साँझ नेपालमा फेसबुक, इन्स्टाग्राम, फेसबुक मेसेन्जर र थ्रेडहरू डाउन भइरहेको बेलामा अमेरिकामा अन्य धेरै कम्पनीका सेवा पनि ठप्प भएका थिए। यसको पछाडि साइबर आक्रमणको आशंका गरिएको छ।

    त्यति बेला अमेरिकामा गुगल, युट्युब, हनीवेल, ह्वाट्स एप, गुगल प्ले स्टोर, ओ२, माइक्रोसफ्ट टिम्स र एक्सको सेवाहरु पनि ठप्प भएको डाउन डिटेक्रले बताएको थियो। एक्सका एक युजरले पनि यस्तो दाबी गरेका थिए। हालै मात्र अमेरिकाको स्वास्थ्य सेवा प्रणालीमा साइबर आक्रमण भएको थियो।

    त्यसपछि धेरै अस्पतालहरूले औषधि किन्न आएकाहरूलाई बिल दिन सकेनन्। यो आक्रमण स्वास्थ्य सेवा भुक्तानी प्रणालीमा भएको थियो। एक दिन पछि मेटामा देखिएको आउटेजलाई पनि धेरैले यही साइबर आक्रमणसँग जोडेर हेरेका छन्।एजेन्सी