९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी - Chaitanya News
  • 2026-11-20
  • 00:42:09
  • बिहिबार,मंसिर ०४, २०८३
  • ९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी

    ९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी

    काठमाडौँ– ९२ वटा वडाको सिमाना हेरफेर गर्ने तयारी गरिएको छ। विभिन्न स्थानीय तहले ९२ वटा वडाहरूको सीमा हेरफेरको प्रस्ताव गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तहहरूले निर्णयका लागि भन्दै यस्तो प्रक्रिया पूरा गरेर प्रस्ताव पठाएका हुन्।

    स्थानीय सरकार सञ्चालन ऐन(२०७४मा सम्बन्धित वडाको सिफारिसमा वडाको सिमाना र संख्या हेरफेर गर्न स्थानीय तहको गाउँ वा नगर सभाको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ। तर सरकारले अहिलेसम्म यस्ता प्रस्तावमा निर्णय गरेको छैन।

    नेपाल सरकारले गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सिमाना र संख्या निर्धारण गर्ने व्यवस्था छ। वडाको संख्या निर्धारण गर्दा नेपाल सरकारले गाउँपालिकामा कम्तीमा ५ र बढीमा २१ वडा तथा नगरपालिकामा कम्तीमा ९ र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था छ।

    जनसङ्ख्या तथा जनसङ्ख्या वितरणको अवस्था, भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता, सेवा सुविधा वितरणको अवस्था र सुगमता, विद्यमान भौतिक पूर्वाधारका आधारमा यस्तो सिमाना हेरफेर गर्न सकिने व्यवस्था छ।

    तर, यति मात्रै व्यवस्थाका भरमा नेपाल सरकारले निर्णय गर्न नसक्ने देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ।

    सामान्य प्रशासनमन्त्री अनिता देवीको अध्यक्षतामा बसेको विषयगत समितिको शुक्रबारको बैठकले तहको वडा विभाजन र सिमाना परिवर्तन गर्ने प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।