नेपालले नामिबियालाई तीन रनले हरायो - Chaitanya News
  • 2026-06-07
  • 09:34:23
  • आइतबार,जेठ २४, २०८३
  • नेपालले नामिबियालाई तीन रनले हरायो

    नेपालले नामिबियालाई तीन रनले हरायो

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ। आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो। जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो।