त्रिकोणात्मक टी–२०: नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल - Chaitanya News
  • 2026-06-07
  • 09:35:06
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी–२०: नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

    त्रिकोणात्मक टी–२०: नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

    काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ। नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ।

    नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ। नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ।

    नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो। आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ। तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतीक्षा हुने छ।

    जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन्। फाइनल खेल मंगलबार हुने छ।