काठमाडौं– लोक तथा दोहोरी गीततर्फको उत्कृष्ट नव मोडल रारा म्युजिक अवार्ड २०८० गणेश भट्टले पाएका छन।
हिजो (बुधबार) राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच भट्टले उक्त अवार्ड ग्रहण गरेका हुन्। ‘मैसाब’ बोलको लोकदोहोरी गीतमा उत्कृष्ठ अभिनय गरेको भन्दै भट्टलाई उक्त अवार्ड प्रदान गरिएको हो।
आधुनिक तथा लोकदोहोरी गीतमा पछिल्लो समय भट्टले उत्कृष्ठ अभिनय गर्दै आएका छन्। उनी पछिल्लो पुस्ताका चर्चित मोडलमा पर्छन्।
उनले राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको बताएका छन्। अवार्डले यस क्षेत्रमा लागिराख्न थप प्रेरित गरेको उनको भनाइ छ।
![]()