त्रिकोणात्मक टी–२०: ६ रन बनाउँदै आउट भए विवेक - Chaitanya News
  • 2026-07-31
  • 06:56:07
  • शुक्रबार,साउन १५, २०८३
  • त्रिकोणात्मक टी–२०: ६ रन बनाउँदै आउट भए विवेक

    त्रिकोणात्मक टी–२०: ६ रन बनाउँदै आउट भए विवेक

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो सातौँ विकेट पनि गुमाएको छ। नेपालले सातौँ विकेटका रूपमा विवेक यादवलाई गुमाएको हो।

    उनी चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका हुन्। उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराएका हुन्। १४.२ ओभरमा विवेक आउट हुँदा नेपालले एक सय ३४ रन बनाएको छ।