काठमाडौँ– कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको पहिलो खेलमा नामिबियाले पाँच ओभरमा कुनै विकेट नगुमाई २९ रन बनाएको छ।
नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेन १४ र मलान क्रुगर १५ रन बनाउँदै क्रिजमा छन्। नामिबियाको रन रेट ५.८० रहेको छ। नामिबियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो।