ग्रेडिङमा हेरफेरसँगै बढ्यो क्रिकेट खेलाडीको तलब - Chaitanya News
  • 2026-07-31
  • 06:56:38
  • शुक्रबार,साउन १५, २०८३
  • ग्रेडिङमा हेरफेरसँगै बढ्यो क्रिकेट खेलाडीको तलब

    ग्रेडिङमा हेरफेरसँगै बढ्यो क्रिकेट खेलाडीको तलब

    काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ।

    क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो।

    क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ। पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ। भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ।