सार्वजनिक प्रशासन र राजनीतिबीचको अन्तरसम्बन्धका सीमाहरू
सार्वजनिक प्रशासन र राजनीति एक-अर्काका परिपूरक हुन्। एउटाको अभावमा अर्काले लक्षित उद्देश्य प्राप्त गर्न सक्दैन । सन् १८८७ मा उड्रो विलसन मार्फत् सार्वजनिक प्रशासन र राजनीतिबीच पृथकता रहेको जनाउँदै तापनि सार्वजनिक प्रशासन राजनीतिबाट पूर्णतः अलग हुन भने सक्दैन। एक-अर्काबीच सौहार्दता, समझदारी र तालमेल मिलेन भने राज्यको शासन प्रणाली नै असक्षम हुन जान्छ। तसर्थ यी दुईका बीचमा अन्तरसम्बन्ध र सीमा आवश्यक मानिन्छ।
![]()
राजनीति र प्रशासनका संरचना दुवैले जनताका हितका लागि श्रोत साधनको उपयोग तथा न्यायोचित वितरण गरी देशको सर्वाङ्गिण विकास गर्दछ । दुवैको सफलता एक अर्काको सफलतामा निर्भर हुन्छ । यीनि
१. सार्वजनिक प्रशासनलाई उचित मार्गदर्शन गर्न राजनीति तयार र सचेत हुनुपर्छ
२. कर्मचारीको मनोबल बढाउने काम राजनीतिले गर्नुपर्छ ।
३. नीति निर्माणमा राजनीति र कार्यान्वयनमा प्रशासन क्रियाशील हुनुपर्छ
४. प्रशासनले सही सूचना, तथ्यांक जानकारी, सल्लाह, सुझाव उपलब्ध गराएर राजनीतिक क्षेत्रलाई नीति निर्माणमा सहयोग पुऱ्याउनुपर्छ
५. प्रशासनको क्षमता अभिवृद्धि गर्न राजनीति सबै सक्रिय हुनुपर्छ भने प्रशासनले राजनैतिक नेतृत्वलाई सहयोगात्मक भावना राख्नुपर्छ ।
सीमाहरु
१. राजनीतिक क्षेत्र सामान्य र दैनिक प्रशासनिक कार्यमा अल्मलिन हुँदैन । चेक काट्नु
२. प्रशासनले गलत सूचना, जानकारी र सल्लाह उपलब्ध गराएर सरकारलाई असफल बनाउने प्रयास गर्नु
५. Vested interest का लागि राजनीतिक क्षेत्रले नीति तर्जुमा गर्नुहुँदैन र प्रशासनिक नेतृत्व स्वार्थका लागि राजनीतिको सेवक हुनुहदैन ।
४. प्रशासनमा राजनीतीकरण हुनुहुँदैन र प्रशासनले राजनीति झल्कने गरी कुनै काम कारबाही गर्नुहुँदैन ।
५. प्रशासनले सरकारको नीति कार्यान्वयन गर्ने हो राजनीतिक पार्टीको होइन
६. सत्तारुढ दलले प्रशासनमा प्रभाव पार्नु हुँदैन
आधारभूत मूल्य मान्यता नभत्काउने मार्गदर्शन खबरदारी सुधार अभिभावकत्व
सुचना पुल कार्यान्वयन सेवा प्रवाह
नेपालको सार्वजनिक प्रशासनलाई अतिराजनीतीकरणका दुष्प्रभावबाट जोगाउने उपायहरू
उल्लेखित अन्तरसम्बन्ध र सीमाका साथै प्रस्तुत सुझावहरू व्यवहारमा अवलम्बन गर्न सकेमा राजनीति र प्रशासनबीच उपयुक्त तालमेल कायम हुने र प्रशासन चुस्त, दुरुस्त हुने अपेक्षा गर्न सकिन्छ ।
खुला र पारदर्शी शासन प्रणालीका लागि सार्वजनिक निकायका सूचनामा नागरिकको पहुँच सहज बनाउन राष्ट्रिय सूचना आयोग स्थापना भए पनि यसले सरकारलाई बुझाएका चौधवटा वार्षिक प्रतिवेदनको खास कार्यान्वयन भएको देखिँदैन । आयोगले कार्यान्वयनका लागि दबाव दिन पनि सकेको छैन ।
आयोगका सुझाव संवैधानिक आयोग कर्मचारी बजेट गोप्यता श्रोत साधन अभिलेख सुचना अधिकारी मोबाईल स्वतः प्रकाशन सुझाव कार्यान्वन वर्वगीकरण
सार्वजनिक निकायमा सूचना अधिकारी तोक्ने र स्वतः प्रकाशन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयनका लागि उच्चतहबाट नै जिम्मेवारी लिने र समन्वय गर्ने व्यवस्था गर्नुपर्ने आयोगको सुझाव छ ।
क. स्थानीय तहको कानून निर्माण गर्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) मा उल्लेख भएका विषयबाहेक अन्य विषय गोप्य नरहने गरी मात्र कानून निर्माण गर्ने गराउने
ख. कानून तथा नीति निर्माण र बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सर्वसाधारण नागरिकको सहभागिता सुनिश्चित गर्न प्रस्तावित कानून, नीति, बजेट तथा कार्यक्रमउपर खुला छलफल तथा पृष्ठपोषण लिने व्यवस्था गर्ने
ग स्थानीय तहमा रहेका नगर/गाउँसम्म, कार्यपालिका, वडा समितिले गरेका निर्णयहरु तत्काल स्थानीय तहको वेबसाइट, सूचनापाटी, स्थानीय सञ्चार माध्यम लगायतको माध्यम अपनाई सार्वजनिक गर्ने
घ स्थानीय तहको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने
ड. स्वीकृत बजेट तथा कार्यक्रम र यस बमोजिम भएको प्रगतिको बारेमा नियमित रुपमा सार्वजनिक गर्न व्यवस्था मिलाउने
च. स्थानीय तहका पदाधिकारी तथा कर्मचारीले प्राप्त गर्ने पारिश्रमिक, सुविधा, खर्च लगायतको विवरण मासिक रुपमा सार्वजनिक गर्ने ।
छ. स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले कानूनबमोजिम बुझाएको सम्पत्तिसम्बन्धी विवरण छुट्टै कानून वा निर्णय गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउने
ज. सूचनाको हक कार्यान्वयनका लागि प्रत्येक वर्ष छुट्टै बजेट तथा कार्यक्रमको व्यवस्था गर्ने गराउने
क. सूचनाको हकसम्बन्धी कानून तथा आयोगका आदेश पालना गर्न लगाउने ।
अ. स्थानीय तह मातहत रहेका सार्वजनिक निकायलाई सुचनाको हकको अधिकतम् प्रचलनका लागि प्रेरित गर्ने ।
त्यस्ता निकायहरुमा सूचना अधिकारी तोक्न स्वतः प्रकाशन नियमित गर्न तथा ती निकायबाट सम्पादन भएका कार्य र निरन्तर प्रकाशन
विषयप्रवेशः
मानब समाज सभ्यताको बिकासको क्रममा हूल/गण हुँदै कबिला अवस्थाबाट बिकसित भै बनेको मानब समाजको सर्बकृष्ट बिकासको चरण नै राष्ट्र हो । साझा भाषा, साझा ऐतिहासिक थातथलो भूगोल, ऐतिहासिक कालखण्डमा छुट्टै राज्य, साझा रितिरिवाज , परम्परा , धर्म , सस्कार , सस्कृति आदि, मौलिक बिशेषता अन्य जातिको भन्दा फरक, सामुहिक गर्ब गर्ने गरिएको, पृथक पहिचान र अविछिन्न इतिहास भएको आदि थुप्रै बिशेसताले युक्त भएकोलाई जाति/राष्ट्र भनिन्छ ।
क. राष्ट्र निर्माण
राष्ट्र (वा राष्ट्रिय पहिचान) निर्माणका लागि झण्डा, गान, दिवस, भाषा, चाडपर्व, रङ्गशाला, वायुसेवा, प्रसारण, संवादका रूपमा राष्ट्रिय विम्ब र साङ्केतिक कार्यको समेत उपयोग गरिन्छ जसले एकताको अनुभूति प्रवद्र्धन र नागरिक भावनाको एकत्वीकरण पनि हो। सबल राष्ट्र र प्रभावकारी राज्य निर्माणपछि मात्र नागरिकले गौरवबोध गर्छन् र आफ्नोपन स्थापित हुन्छ। नेपालमा परम्परागत किरात मल्ल काल देखी आधुनिक कालसम्म आइपुग्दा समेत राष्ट्र निर्माणको लागि विभिन्न प्रयासहरु भएको पाइन्छ । जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
राष्ट्र निर्माण सबल बनाउन नेपालले केही चुनौती सम्बोधन गर्न जरुरी छ। तिनलाई चार वर्गमा छुट्याउन सकिन्छ।
नागरिकता र परिचयपत्र जस्ता विषयमा विवाद सिर्जना, राष्ट्रिय एकताप्रतिनै असन्तुष्टि पोखे प्रवृति, सामाजिक सास्कृतिक बहुलबादमा प्रतिबद्धताको कमी, पहिचान र सम्मान प्रति अझै अलमल, आफ्नो पहिचान खोज्दा अरुको पहिचान सम्मान गर्न नसक्नु, जातीय, भाषिक, धार्मिक विवादहरू, सांस्कृतिक पलायन र आयातित संस्कृतिको अन्ध अनुकरण, भाषिक विचलनको अवस्था, सामाजिक सम्बन्धमा मनोवैज्ञानिक द्वन्द्व रहनु, जथाभावी सहिद घोषणा, राष्ट्रिय झण्डाको दुरूपयोग र विवाद, ऐतिहासिक शालिक, मठ मन्दिर र धरोहर उपर प्रहार, आदिले राष्ट्र निर्माणको पक्षलाई चुनौती दिईरहेका छन ।
राष्ट्र निर्माण र राज्य निर्माणमा अन्तर सम्बन्ध :
राष्ट्र निर्माण र राज्य निर्माण शासन प्रणालीका दुई महत्त्वपूर्ण अवयवहरू हुन् ।
यी दुईको सम्बन्ध निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ :
♦ राष्ट्र निर्माण साझा संस्कृति र पहिचानको निर्माण गर्ने प्रक्रिया हो र राज्य निर्माण राज्यका संरचना र संयन्त्रको सुदृढीकरण गर्ने प्रक्रिया हो
♦ राष्ट्र निर्माण र राज्य निर्माण दुवै शासकीय प्रणाली तथा देशको अस्तित्व कायम राख्ने र देशको हित प्रवर्द्धन गर्ने आधारभूत पक्षहरू हुन्
♦ यी दुईमध्ये एकको निर्माणले अर्कोको निर्माणमा सहायता गर्छ । एक विना अर्कोको अस्तित्व खतरामा पर्छ ।
दुईबीच रहेका भिन्नताहरू
राज्य
१. राज्य एक भौतिक संगठन हो, जसको सम्बन्ध मानिसको बाहिरी राजनीतिक संगठनसँग रहेको हुन्छ ।
२. राज्यको निर्माणका लागि चार निश्चित तत्वहरू (जनसंख्या, सरकार सार्वभौमसत्ता) भूभाग, र अत्यावश्यक पर्दछ । अर्थात् उल्लेखित कुनै एक. तत्वको अभावमा राज्य निर्माण हुन सक्दैन ।
३. एकताको अभावमा पनि जनसंख्या, भूभाग सरकार र सार्वभौमसत्ता छ भन्ने राज्य अस्तित्वमा रही यसको कार्य सूचारु रुपमा चलिरहन्छ ।
४. सम्प्रभुता बिना राज्य निर्माण हुन सक्दैन । अर्थात् एक राज्य अर्को कुनै राज्यको अधीनमा रहेर आफ्नो अस्तित्व कायम राख्न सक्दैन ।राज्यले आफ्ना आदेशहरूको बलपूर्वक नागरिकहरूलाई पालना गर्न लगाउन सक्छ । अर्थात् राज्यमा बाध्यकारी शक्ति निहित हुन्छ ।
५. राष्ट्रिय भावना बिना नै राज्य अस्तित्वमा रहन सक्दछ । अर्थात् राज्य हुनका लागि राष्ट्रिय भावना अनिवार्य हुँदैन ।
७. एक राष्ट्र एक राज्य भन्ने पूरानो सिद्धान्त अहिले गलत सावित भएको छ किनकी एउटा राज्य अन्तर्गत केयौं राष्ट्रहरू हुन सक्दछन् ।
८. राज्य एक सुसंगठित संस्था हो । यसलाई स्थायी राख्नका लागि यी उल्लेखित चार तत्वहरू अनिवार्य मानिन्छ
९. राज्यलाई भू-क्षेत्रको आधारमा समुद्र तटीय, जल परिवेष्ठित र भूपरिवेष्ठित, आर्थिक विकासको आधारमा विकसित, अल्पविकसित, अविकसित राष्ट्र गरी विभाजन गर्न सकिन्छ
राष्ट्र
१. राष्ट्र एक आध्यात्मिक, एवं अमूर्त संगठन हो, जसको मानिसहरूको भावनात्मक सम्बन्ध तथा आध्यात्मिक एकतासँग रहेको हुन्छ ।
२. राष्ट्र निर्माणका लागि कुनै निश्चित तत्वहरूको आवश्यकता पर्दैन । भौगोलिक एकता, भाषा, धर्म, जातियता, वैचारिक एकता आदि जस्ता कुनै तत्वको आधारमा राष्ट्र निर्माण ‘हुन सक्दछ ।
३. राष्ट्रको आधार मानिसहरूको पारस्परिक एकताको भावना हो । अर्थात् यस्तो एकताको अभावमा राष्ट्र निर्माण हुन सक्दैन ।
४. सम्प्रभुताको अभावमा पनि राष्ट्र निर्माण हुन सक्दछ । अर्थात् एक राष्ट्र अर्को राष्ट्रको अधीनमा रहेर पनि ‘आफ्नो अस्तित्वलाई बचाइ राख्न सक्छ ।
५. राष्ट्रसँग आफ्ना निर्णयहरू लागू गराउने बाध्यकारी शक्ति हुँदैन, राष्ट्र संग केवल नैतिक बल र धार्मिक प्रार्थना शक्ति हुन्छ ।
६. राष्ट्रिय भावना बिना राष्ट्र कायम रहन सक्दैन । अर्थात् राष्ट्र हुनको लागि राष्ट्रियता अनिवार्य मानिन्छ
७. एक राष्ट्र एक राज्य भन्ने सिद्धान्त अहिले गलत सावित भएको छ किनकी एक राष्ट्रभित्र राज्यहरूको ठूलो संख्या पनि हुन सक्दछ ।
८. राष्ट्र संगठित र असंगठित दुवै हुन सक्दछ । यसलाई स्थायी राख्नका लागि राष्ट्रियताको भावना अनिवार्य मानिन्छ ।
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100