विश्व कप लिग– २: नेपाललाई आठ विकेटले हरायो नेदरल्यान्ड्सले - Chaitanya News
  • 2026-08-01
  • 09:17:19
  • शनिबार,साउन १६, २०८३
  • विश्व कप लिग– २: नेपाललाई आठ विकेटले हरायो नेदरल्यान्ड्सले

    विश्व कप लिग– २: नेपाललाई आठ विकेटले हरायो नेदरल्यान्ड्सले

    काठमाडौँ– आईसीसी क्रिकेट विश्व कप लिग– २ प्रतियोगितामा नेपाली टोली पराजित भएको छ। नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो। जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो।