आईसीसी क्रिकेट विश्व कप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ३५ ओभरमा ६ विकेट गुमाएर ११४ रन - Chaitanya News
  • 2026-06-07
  • 11:09:21
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी क्रिकेट विश्व कप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ३५ ओभरमा ६ विकेट गुमाएर ११४ रन

    आईसीसी क्रिकेट विश्व कप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ३५ ओभरमा ६ विकेट गुमाएर ११४ रन

    काठमाडौँ– आज (आइतबार) जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा नेदरल्यान्ड्सको खेलमा नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर एक सय १४ रन बनाएको छ।

    नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ६१ र आठौँ नम्बरमा ब्याट्सम्यान आरिफ शेख तीन रन बनाउँदै क्रिजमा छन्। नेपालको रन रेट ३.२५ रहेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।