विश्वकप लिग २: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 11:09:20
  • आइतबार,जेठ २४, २०८३
  • विश्वकप लिग २: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    विश्वकप लिग २: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग २ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।

    यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृङ्खलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

    नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो।

    खेल नेपाली समय अनुसार साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सुरु हुनेछ।

    पहिलो शृङ्खलाका चार खेल खेलिसकेको नामिबिया ६ अंकका साथ लिग(२ तालिकाको शीर्ष स्थानमा छ। समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अङ्कसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।