यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालकर्मी भण्डारी सम्मानित - Chaitanya News
  • 2026-11-19
  • 23:51:52
  • बिहिबार,मंसिर ०४, २०८३
  • यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालकर्मी भण्डारी सम्मानित

    यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालकर्मी भण्डारी सम्मानित

    कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालकर्मी मुकुन्द भण्डारी सम्मानित भएका छन।

    (हिजो (शनिबार) धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टी एन जोशीले नगद १० हजार र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका हुन्।

    डोटेली भाषा र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ। यो पुरस्कार सुदूरपश्चिमका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले स्थापना गरेका हुन्।

    भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चार कर्ममा सक्रिय हुनुहुन्छ। उहाँ लगायतले रेडियो नेपालमा डोटेली भाषाको समाचार र कार्यक्रम प्रसारणको सुरुवात गरेका थिए।