काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको बताएका छन्। आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशको भविष्यसँग जोडिएको बताएका हुन्।
अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। उनलाई नेकपा एमालेले चुनावमा सघाएको छ। नेपाली कांग्रेसका तर्फएबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला र अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।