एकदिवसीय शृङ्खलाअन्तर्गत आज क्यानडाविरुद्ध नेपाल ए ले पहिले ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-06-07
  • 12:49:37
  • आइतबार,जेठ २४, २०८३
  • एकदिवसीय शृङ्खलाअन्तर्गत आज क्यानडाविरुद्ध नेपाल ए ले पहिले ब्याटिङ गर्दै

    एकदिवसीय शृङ्खलाअन्तर्गत आज क्यानडाविरुद्ध नेपाल ए ले पहिले ब्याटिङ गर्दै

    काठमाडौँ– नेपाल एले क्यानडा–११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ।

    मुलपानी क्रिक्रेट मैदानमा क्यानडा–११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

    यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा–११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १(१ को बराबरी गरेको छ।

    आजको खेलमा नेपालले दोस्रो खेलको प्लेइङ ११ मा ४ परिवर्तन गरेको छ। विवेक यादव, किरण ठगुन्ना, मयन यादव र रिजन ढकाललाई आराम दिँदै आशुतोष घिरैया, सुजन थपलिया, हेमन्त धामी र प्रतिश जिसीलाई खेलाइएको छ।

    नेपालको प्लेइङ ११

    सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, रासिद खान, सागर ढकाल, साहब आलम, शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी.