सप्तरी– सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउत जसपा अध्यक्ष उपेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धामा छन्। उम्मेदवार राउत मतदानस्थलको निरीक्षणमा छन्। निरीक्षणका क्रममा उनले राज्य संयन्त्रले निष्पक्ष चुनाव गराउन नसकेको आरोप लगाएका छन्।
‘सबै मतदानस्थलमा प्रहरी प्रशासनले पनि शान्तिपूर्ण मतदानका लागि सहयोग गरिरहेको छैन,’ निरीक्षणका क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘हिजोमात्र तिलाठी कोइलाडीमा पैसा बाँड्दै गरेको दुईवटा गाडी नियन्त्रणमा लिँदा पनि अनुसन्धान गर्न सहयोग गरे। यस्ता शंकास्पद गतिविधि राज्यपक्षबाट भइरहेको छ।’
मतदातालाई मतदान स्थलसम्म जाने वातावरण नभएको उनले बताए।