आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२: कुशल मल्लले लिए नामिबियाको तेस्रो विकेट - Chaitanya News
  • 2026-06-07
  • 12:49:19
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२: कुशल मल्लले लिए नामिबियाको तेस्रो विकेट

    आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२: कुशल मल्लले लिए नामिबियाको तेस्रो विकेट

    काठमाडौँ– आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ।

    नामिबियाको तेस्रो विकेट कुशल मल्लले लिएका हुन्। कुशलले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको ब्यक्तिग स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन्। १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाको छ।

    त्यसअघि नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको थियो। उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए। १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो। नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो।

    उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए। रोहितले उनलाई बोल्ड गरेका हुन्। ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो।