आईसीसी क्रिकेट विश्वकप लिग–२: नामिबियाविरुद्ध नेपाल ब्याटिङमा - Chaitanya News
  • 2026-08-01
  • 10:03:25
  • शनिबार,साउन १६, २०८३
  • आईसीसी क्रिकेट विश्वकप लिग–२: नामिबियाविरुद्ध नेपाल ब्याटिङमा

    आईसीसी क्रिकेट विश्वकप लिग–२: नामिबियाविरुद्ध नेपाल ब्याटिङमा

    काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

    टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

    नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन्।

    नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो। दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो।

    नेपालको प्लेइङ ११ रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल।