काठमाडौँ– आईसीसी विश्वकप लिग– २ क्रिकेटअन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुनेछ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गर्यो।
त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलेका छन्। हालसम्म सबै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन्। नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स छन्।