Chaitanyakhabar
काठमाडौँ– नेपाल ए ले क्यानडा–११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ।
खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो।
काठमाडौँदेखि अछामसम्म सम्झनाको यात्रावृत्तान्त
सहसचिव गणेशप्रसाद भट्टलाई भूमि व्यवस्था मन्त्रालयको प्रवक्ताको जिम्मेवारी
पद्यकुमार मैनालीलाई सचिवमा बढुवा, पूर्वाधार मन्त्रालयको जिम्मेवारी
धनगढीको जुगेडामा असोज २५ देखि ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम २०८३’ हुँदै
(नियात्रा) तोमनाथ उप्रेती: काठमाडौँमा दशैंको रौनक विस्तारै बढ्दै थियो। सहरका गल्लीहरूमा किनमेल गर्ने मानिसको भीड देखिन थालेको थियो। घर फर्कनेहरूको हतार पनि उस्तै थियो। तर मेरो यात्रा घर फर्कनका लागि मात्र थिएन। यसपटक म सुदूरपश्चिमको पहाडी जिल्ला अछामतर्फ लाग्दै थिएँ। मेरो गन्तव्य थियो मंगलसेन। अछामको माटो, पहाड, नदी, संस्कृति र इतिहासलाई नजिकबाट अनुभूति गर्ने इच्छा…
काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव गणेशप्रसाद भट्टलाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको छ। असोज १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भट्टलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले असोज १६ गते जारी गरेको पत्रमार्फत उनलाई प्रवक्ताका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको जनाएको छ। सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को…
काठमाडौँ– सरकारले नेपाल इन्जिनियरिङ सेवातर्फ सहसचिव पद्यकुमार मैनालीलाई सचिवमा बढुवा गर्दै पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बढुवापछि मैनालीलाई पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिवको नेतृत्वसमेत टुंगिएको छ।
काठमाडौँ– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकले नर्वेजियन सरकारबाट अनुदान सहायता स्वीकार गर्नेदेखि नेपाल इन्जिनियरिङ सेवाको नियम संशोधन, वैकल्पिक विकास वित्त परिचालन र जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृह मन्त्रालय पठाउनेसम्मका निर्णय गरेको छ। बैठकले नगरपालिकाहरूमा स्वच्छ…
धनगढीः भारतकी प्रसिद्ध आध्यात्मिक तथा सामाजिक अभियन्ता माता अमृतानन्दमयी देवीले नेपालका बाढी तथा पहिरोपीडितका लागि तीन करोड २० लाख रुपैयाँ (दुई करोड भारतीय रुपैयाँ) सहयोग प्रदान गरेकी छन्। आफ्नो ७३औँ जन्मदिन तथा विश्व सेवा दिवसको अवसर पारेर उनले सो मानवीय सहायता उपलब्ध गराएकी हुन्। उक्त सहयोग रकम नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र…
काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएको बैठक केहीबेरअघि सुरु भएको हो। नियमित एजेन्डासँगै रिक्त प्राविधिक सचिव पदमा बढुवा तथा पछिल्लो समय संघीय संसद् सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको आगामी प्रक्रियाबारे समेत सिंहदरबारमा चर्चा छ। यद्यपि यी विषय आजको बैठकको औपचारिक कार्यसूचीमा समावेश…