लोकसेवा उपयोगी सामग्री (विषयगत) - Chaitanya News
  • 2026-06-07
  • 18:30:05
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (विषयगत)

    लोकसेवा उपयोगी सामग्री (विषयगत)

    आर्थिक बृद्धि तथा आर्थिक विकास 

    आर्थिक वृद्धि (Economic Growth)

    • कुल गार्हस्थ्य उत्पादन (GDP) तथा कुल राष्ट्रिय उत्पादन(GNP) मा भएका वृद्धिलाई आर्थिक वृद्धि भनिन्छ ।
    • समग्र अर्थतन्त्रको उत्पादन क्षेमतामा भएको वृद्धिलाई आर्थिक वृद्धिका रुपमा बुझ्न सकिन्छ।
    • अर्थतन्त्रका विभिन्न क्षेत्रहरु जस्तै: कृषि, उद्योग, पर्यटन तथा अन्य सेवाका क्षेत्रबाट हुने उत्पादनमा भएको वृद्धिलाई नै आर्थिक वृद्धि भनिन्छ ।
    • आर्थिक वृद्धिले समग्र उत्पादनमा हुने वृद्धिलाई मात्र समेट्ने भएकाले मानिसको जिवनस्तर तथा वितरणको न्यायलाई यसले समेटेको हुँदैन ।
    • उच्च आर्थिक वृद्धि हाँसिल गर्नका लागि कुनै पनि अर्थतन्त्रमा मानव स्रोत, प्राकृतिक स्रोत, प्रविधि तथा पुँजिको आवश्यकता अनिवार्य रहन्छ ।

    आर्थिक वृद्धिका क्षेत्रहरु

    • उद्योग र उद्यमिता: उद्योग र उद्यमिता एक मुख्य आर्थिक वृद्धिको क्षेत्र हो।यो नयाँ उद्योग विकास, रोजगार सृजना, उत्पादन वृद्धि, नविनताको साधन हो।
    • सेवा क्षेत्र: सेवा क्षेत्र विभिन्न सेवाहरु जस्तै वित्तीय सेवाहरु, स्वास्थ्य सेवाहरु, शिक्षा सेवाहरु, वितरण सेवाहरु, पर्यटन, आवास, खानेपानी इत्यादिका क्षेत्रमा उत्पादन वृद्धि गर्दछ।
    • वित्तीय क्षेत्र: वित्तीय क्षेत्रमा बैंक, वित्तीय संस्थाहरु, बीमा, पूंजी बजार आदि परिवर्तनहरु हुन्छन्।
    • कृषि र पशुपालन: कृषि र पशुपालनले विभिन्न आर्थिक वृद्धिको योगदान प्रदान गर्दछ। यी क्षेत्रहरुले खाद्य स्वावलम्बीता, नवीन प्रविधिहरुको प्रयोग, उत्पादनतत्परता र उद्यमिता, बाजार विकास, आवास र सम्पदा व्यवस्थापन, आदि सबैले प्रभावित गर्दछ।
    • आवास विकास: आवास विकासले नयाँ घरको निर्माण, आवासीय क्षेत्रको विकास, बसोबासका नीति तथा कानुनहरुको व्यवस्थापन, आवासीय सामग्री उत्पादन, आवासीय सुविधाहरुको विकास, आदि गर्दछ।

    आर्थिक विकास (Economic Development)

    • आर्थिक वृद्धि सँगै मानिसको जिवनस्तरमा हुने सकारात्मक परिवर्तनलाई आर्थिक विकास भनिन्छ ।
    • आर्थिक विकासले स्रोत साधनहरुमा सबै नागरिकहरुको पहुँच, विकासमा सहभागिता मार्फत लाभको न्यायोचित वितरणमा जोड दिन्छ ।
    • M.P Todaro का अनुसार आर्थिक विकास भन्नाले बढ्दो अर्थतन्त्रको परिवेशमा गरिवी, वेरोजगारी र असमानताको न्यूनीकरण एवं अन्त्य भएको अवस्था हो ।
    • अत: आर्थिक विकासले अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा भएको वृद्धिलाई मात्र नसमेटि मानिसको आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक जिवनस्तरमा भएको सकारात्मक परिवर्तनलाई समेत समेट्दछ ।
    • यसले मानव पूँजि निर्माण, पूर्वाधार विकास, पर्यावरणीय दिगोपन, सामाजिक समावेशीकरण, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा जस्ता वहुआयामिक पक्षलाई समेट्छ ।

    आर्थिक विकासका पक्षहरु

    • आर्थिक पक्ष : कृषि, उद्योग, पर्यटन लगायतका समग्र क्षेत्रको उत्पादन तथा उत्पादकत्व क्षेमतामा वृद्धि भइ उच्च आर्थिक वृद्धिको लक्ष प्राप्ति तथा गरीबी निवारण र रोजगारीका अवसर सृजना हुनु ।
    • सामाजिक पक्ष : सामाजिक न्याय, सुरक्षा,, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, लाभहरुको न्यायपूर्ण वितरण आदि ।
    • सुशासन पक्ष : सुशासन पक्षले कानुनहरूको पालना गर्ने, भ्रष्टाचार र अनियमितताको न्यूनिकरण, राजनैतिक स्थिरता समट्दछ।
    • वातावरणिय पक्ष : दिगो विकास तथा वातावरणको संरक्षण ।

    नेपालमा आर्थिक विकास र आर्थिक वृद्धिको अवस्था

    आर्थिक वर्ष २०७९\८० मा

    • आर्थिक वृद्धि २.१६ प्रतिशत हुने अनुमान
    • कृषि र गैर कैषि क्षेत्रको क्रमश २.७३ र १.९२ प्रतिशत रहने अनुमान छ ।
    • कुल गार्हस्थ्य उत्पादनमा कृषि उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २४.१ १३.५ र ६२.४ प्रतिशत रहने अनुमान ।
    • प्रति व्यक्ति कुल राष्ट्रिय आय $१४१० पुग्ने अनुमान ।

    पन्ध्रौं योजनामा प्रस्तुत भए अनुसार

    • निरपेक्ष गरिवि १८.७ प्रतिशत
    • वहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत
    • बेरोजगारी दर ११.४ प्रतिशत
    • मानव विकास सूचाकाङ्ग ०.६०२
    • अपेक्षित आयू ७१.२ वर्ष
    • शिशु मृत्युदर (प्रति १००० जिवित जन्ममा जन्मेको १ वर्षभित्र) २८
    • आधारभूत खानेपानी सेवा ९४.९६ प्रतिशत
    • साक्षारता दर (१५ वर्ष माथि) ५८ प्रतिशत (२०७७/७८)

    आर्थिक वृद्धि र विकासलाई असर गर्ने तत्वहरू

    प्राकृतिक स्रोतहरू:

    • प्राकृतिक स्रोतहरू जस्तै भूमि, जल निकासी प्रणाली, खानीहरू आर्थिक वृद्धि र विकासलाई असर गर्ने केही कारकहरू हुन्।

    पूँजी निर्माण

    • पूँजी निर्माण श्रमिकहरुको विभिन्न गतिविधि र बचत द्वारा निर्धारण गरिन्छ, जहाँ बचतले थप पूँजी निर्माण गर्ने गतिमा सहयोग पुर्याउँदछ।

    मानव संसाधन:

    • नव-शास्त्रीय मोडल मानव संसाधनको उत्पादन क्षमता, कार्यदक्षतामा आधारित छ, जहाँ प्रभावकारी र दक्ष श्रमनै आर्थिक वृद्धि र उत्पादकत्वका कारक तत्व मानिन्छन । मानव स्रोत जति धेरै दक्ष हुन्छ, त्यति नै देशमा प्रविधि, स्वास्थ्य आदि क्षेत्रमा विकास हुन्छ ।

    जनसंख्या बृद्धि:

    • जनसंख्या बृद्धि कम जनसंख्या भएको देशहरुको सकारात्मक घटना हो तर माल्थसको सिद्धान्त अनुसार अत्यधिक जनसंख्याले खाद्यान्न र उत्पादनको अभाव सिर्जना गर्न सक्छ।

    नेपालमा न्यून आर्थिक वृद्धि र विकास हुनुका कारणहरु

    • उत्पादनशिल क्षेत्रमा बजेटको अभाव
    • निजि क्षेत्र सहकारी र अन्तराष्ट्रिय क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकिएको
    • कृषि क्षेत्रमा आवद्ध जनसङ्ख्या जीवन निर्वाहमूखी हुनु
    • पुर्वाधारको न्यून विस्तार तथा विकास
    • औद्योगिक क्षेत्रमा सुरक्षा उर्जा तथा संरक्षणकारी नितिको अभाव
    • विकास आयोजनाहरु समयमा सम्पन्न हुन नसक्नु
    • अत्याधिक व्यापार घाटा
    • प्राकृतिक प्रकोपका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव
    • पुँजिगत खर्च लक्ष्य अनुरुप खर्च गर्न नसक्नु
    • लगानिमैत्रि वातावरण र पुँजिको ‍अभाव

    २.३  आर्थिक विकासमा सार्वजनिक क्षेत्र निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका


    सार्वजनिक क्षेत्र

    • नेपालको संविधानले संघिय लोकतान्त्रिक गणतान्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तिन तहको हुने भन्ने व्यवस्था गरेको छ ।अत: यि संरचनाले सहकार्य, समन्वय र सहअस्तित्वका माध्यमबाट मुलुकमा दिगो शान्ति, सुसाशन, विकास र समृद्धि स्थापनामा महत्वपूर्ण भुमिका निर्वाहा गर्नु पर्दछ ।
    • सार्वजनिक क्षेत्रबाट सञ्चालित कार्यक्रम तथा परियोजना नाफामुखी नभई समग्र जनताको हित अभिवृद्धिका लागी हुने भएकाले विकास निर्माणमा सार्वजनिक क्षेत्रको भूमिकालाई महत्वपूर्ण रुपमा लिन सकिन्छ ।
    • तीव्र दिगो र रोजगारमुलक आर्थिक वृद्धि हासिल गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा यस क्षेत्रको अहम् भूमिका रहन्छ ।
    • विकास योजना निर्माण तथा कार्यान्वयन, नीति निर्माण, वित्तिय श्रोतको परिचालन मार्फत निश्चित आर्थिक वृद्धि र विकासको लक्ष्य सार्वजनिक क्षेत्रले लिएको हुन्छ ।


    आर्थिक विकासमा सार्वजनिक क्षेत्रको भुमिका

    • समृद्ध नेपाल सुखी नेपाली जस्ता राष्ट्रिय लक्ष्य प्रप्तिका लागी अग्रणी भूमिका निर्वाह गर्नुपर्ने
    • समग्र विकास प्रयासमा नीजी सहकारी सामुदायिक तथा गैर सरकारी क्षेत्रलाई लगानी र सहभागिताका लागि उत्प्ररित गर्न
    • उच्च आर्थिक वृद्धि र स्तायित्व कायम गर्नका लागि लगानिको वतावरण निर्माण पूर्वाधार विकासमा महत्वपूर्ण भुमिका रहने
    • गरिवि, वेरोजगरी जस्तै सामाजिक समस्यहरु न्युनिकरणमा भुमिका
    • निजि र गैर सरकारी क्षेत्रको सहभागिताका लागी कानुनि तगा नितिगत व्यवस्था गर्ने
    • सामाजिक न्याय, प्रादेशिक सन्तुलान, समतामुलका सामाज निर्माणमा अग्रणी भुमिका निर्वाहा
    • औद्योगिक विकासका लागी चाहिने उर्जा सुरक्षा र अन्य पुर्वाधार निर्माण गरि औद्योगिकरणमा जोड दिन
    • प्रत्यक्ष वैदेशिक लगानिका लागी उपयूक्त वातावरण निर्माण गर्ने
    • आर्थिक कुटनिति मार्फत पर्यटन वैदेशिक व्यापार र लगानिको वातावरण तयार गर्ने
    • नागरिकलाई परिष्कृत र मर्यादित जिवनको अनुभूति गराउन

    नेपालमा सार्वजनिक क्षेत्रमा समस्या

    • स्रोत साधनको कमी
    • साधन स्रोतको बाँडफाँड तथा निती निर्माणमा अनियमितता र भ्रष्टाचार
    • सामाजिक न्याय र सुरक्षाका लागि वितरणमुखि र छरिएका कार्यक्रम
    • सार्वजनिक र निजी क्षेत्रविच विश्वासको कमी
    • वैदेशिका सहायतालाई उत्पादनसिल र प्राथमिकताका क्षेत्रमा परिचालन गर्न नसकिएको
    • कमजोर आर्थिक कुटनीति
    • ICT र प्रविधिको न्युन प्रयोग

    निजी क्षेत्र

    • खुला तथा उदारवादी अर्थतन्त्रमा निजी क्षेत्रले प्रतिस्पर्धि र नाफमूखि भइ श्रम, सिप र पूँजी परिचालन मार्फत आर्थिक वृद्धि र रोजगारी श्रृजनामा महत्वपूरण भुमिका निर्वाहा गर्दछ ।
    • पन्ध्रौं योजनाले निजी क्षेत्रलाई driver of economic prosperity भनि अघि सारेको।
    • यस योजना अवधिमा निजी क्षेत्रले वार्षिक रुपमा ३,५०,००० नयाँ रोजगरी श्रृजना गर्न र योजना कार्यान्वयनमा ५५.६ प्रतिशत लगानी निजी क्षेत्रबाट रहने भन्ने अपेक्षा राखिएको ।


    पन्ध्रौ योजनामा निजी क्षेत्र सम्बन्धि रणनीति

    • निजी क्षेत्रलाई उद्योग क्षेत्रको लग्रणी भुमिका स्थापित गर्ने
    • कृषि क्षेत्रको व्यवसायीकरण आधुनिकीकरण र औद्योगिकीकरणमा निजी क्षेत्रलाई उत्प्रेरित गर्ने
    • सार्वजनिक सहकारी तथा सामुदायिक क्षमता र विश्वसनीयता अभिवृद्धि गर्ने
    • निजी क्षेत्रको गेणस्तर प्रतिष्पर्धात्मक क्षमता र विश्वसनीयता अभिवृद्धि गर्ने
    • पूर्वाधार निर्माण र विकासमा निजी क्षेत्रको स्रोत सीप प्रविधि र व्यवस्थापनको उपयोग गर्ने
    • निजी क्षेत्रको लगानी उत्पादन र रोजगार अभिवृद्धि गर्न नीतिगत कानुनी र प्रकृयागत सुधार गर्ने


    आर्थिक विकासमा निजी क्षेत्रको भुमिका

    • उद्योग तथा कृषि क्षेत्रमा लगानि गरि उत्पादन तथा उत्पादकत्व वृद्धि तथा विकास
    • राज्यलाई व्यवसाय सञ्चालन र नाफा वापतको कर तिरि सरकारको राजश्व वृद्धी हुने
    • PPP मोडल अन्तर्गत सरकारको प्राथमिकताका क्षेत्रमा लगानी गर्ने
    • प्रविधि, सिप र स्रोतसाधनको प्रयोग मार्फत पुर्वाधार निर्माणमा महत्वपूर्ण भुमिका निर्वाहा
    • निर्यात मार्फत अन्तराष्ट्रिय व्यापार घाटा कम गर्न
    • CSR अन्तर्गत सामाजिक न्याय र सुरक्षा प्रवर्दनमा जोड
    • रोजगारिको सृजना मार्फत देशको वेरोजगारि समस्या समाधानमा महत्वपूर्ण भुमिका निर्वाहा
    • कर्मचारिहरुलाई व्यवस्थापकिय सिद्धान्त अनुरुपको सेवा सुविधा प्रदान गर्नुका साथै सुरक्षित कामको वातावरण उपलव्ध गराउने
    • सरकारको उपस्थिति न्युन वा अपर्याप्त भएका क्षेत्रमा लगानि गरी जनतालाई विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने


    नेपालमा निजी क्षेत्रमा देखापरेका समस्याहरु

    • सरकार र निजी क्षेत्र बिच न्युन विश्वासका कारण PPP मोडलमा विकास निर्माण गर्न नसकिएको
    • निजी क्षेत्रको लगानी गर्न सक्ने क्षेमतामा कमी
    • नाफमुखि भइ CSR समेत पालना गर्न कठिनाइ
    • आयातमुखि व्यापारमा मात्र केन्द्रित
    • नितिगत भ्रष्टाचारमा लिप्त रहने
    • कृषि क्षेत्रमा न्यून लगानि
    • सेवा क्षेत्रमा लगानि वढाइ उत्पादनका क्षेत्रमा लगनी गर्न नसकेको
    • व्यवसायिक संस्कारको अभाव: कर छली, कालो बजारी आदी
    • औद्योगिक श्रम सम्बन्ध सुमधुर बनाउन नसकिनु
    • लगानीको सुरक्षित वातावरण सिर्जना गर्न नसकिनु
    • विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र प्रभावकारी रुपमा सञ्चालन हुन नसक्नु
    • एकाधिकार र सिण्डिकेट जस्ता विकृति अन्त्य हुन नसक्नु
    • श्रम र विद्युतको नियमित आपुर्तिमा कमी हुनु


    सहकारी क्षेत्र

    • सहकारी भनेको समुदायमा स्रोत, सीप, ज्ञान र क्षमता जम्मा गरी साझा हित र विकासका लागि परिचालन गर्ने उद्देश्यले स्थापना भएको सामाजिक आर्थिक संस्था हो ।अन्तराष्ट्रिय सहकारी महासंघका अनुसार आर्थिक समाजिक र साँस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका लागि सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो ।
    • It is based on principle of “each for all and all for each”

    सहकारीका सिद्धान्तहरु

    • श्वेच्छिक तथा खुल्ला सदस्यता
      Voluntary & Open Membership
    • सदस्यहरुको आर्थिक सहभागिता
      Member Economy Participation
    • शिक्षा, तालिम र सूचना
      Education, Training, & Information
    • समुदाय प्रति चासो
      Concern For Community
    • सदस्यहरुलाई प्रजातान्त्रिक नियन्त्रण
      Democratic Member Control
    • स्वायतता र स्वतन्त्रता
      Autonomy & Independence
    • सहकारीहरु बीच पारस्परिक सहयोग
      Cooperation Among Cooperative


    सहकारीका मूल्य मान्यताहरु

    • आत्मनिर्भरता
    • आत्म जिम्मेवारी
    • प्रजातान्त्रिक
    • समानता र समता
    • एकता

    विकासमा सहकारिको भुमिका

    • स्थानिय ज्ञान सिप तथा स्रोत साधनको प्रयोग
    • स्थानियस्तरमा वचत तथा लगानिको संस्कृति निर्माण गर्न
    • न्यून आय तथा गरिविमा रहेका मानिसलाई लगानि जुटाउन
    • ग्रामिण कृषिको व्यवसायिकरण तथा प्रवर्द्धन
    • अर्थतन्त्रमा पुँजि निर्माण गर्न
    • समावेशी र सहभागितामूलक विकास र वृद्धि
    • साना तथा घरेलु उद्योगको विकास र प्रवर्द्धन
    • सामुदायिक विकास
    • ग्रामिण भेगमा वैँकिङ्ग सेवा प्रदान गर्न
    • नेतृत्व विकास
    • छरिएर रहेका व्यक्तिहरुलाई एउटै सञ्जालमा आबद्ध गराई सामूहिकता र पारस्परिकताको भावना वृद्धि


    ‍योजनामा रहेका रणनीतिहरु

    • सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्ने
    • सहकारीका माध्यमबाट गरीब तथा विपन्न वर्गको संलग्नतामा सञ्चालन हुने व्यवसायिक आयोजनालाई वित्तीय र प्रविधिक सहयोग उपलब्ध गराउने
    • सहकारी क्षेत्रको प्रवर्द्धनका लागि नीतिगत र संस्थागत प्रबन्ध मजबुत बनाउने
    • सहकारी संघ संस्थाको क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षा नेतृत्व विकास एवम् व्यवस्थापन तालिमलाई व्यापक तुल्याउने
    • सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि एकीकृत अनुगमन प्रणाली विकास गर्ने (CoPoMIS)
    • कृषि, बायोग्यास प्लान्ट स्थापना र सहकारी क्षेत्रबाट उत्पादित वस्तु प्रयोगको लागि प्रोत्साहन गर्ने ।


    नेपालमा सहकारी क्षेत्रमा देखिएका समस्याहरु

    • बचत तथा ऋणको कारोबारमा सिमित रहेको
    • स्थानिय टाठा बाठाको नियन्त्रण
    • सहकारीमा हिसाब ‍तथा बचत हिनामिना र सञ्चालक करोडौं रकम जम्मा गरि भाग्ने परिपाटी
    • सहकारी मार्फत पुँजि परिचालन अनुत्पादित क्षेत्र जस्तै जग्गामा हुने गरेको
    • सहकारीहरु सहर केन्द्रित भई स्थापना भएका र ग्रामिण विपन्न समुदाय सम्म विस्तार गर्न नसकिएको
    • संस्थागत सुसाशनको कमि
    • अत्याधिक विस्तार र दोहोरो सदस्यता हुनु
    • सहकारी शिक्षा सूचना र तालीमको अभावका कारण सहकारी क्षेत्रमा संस्थाहरुको व्यवस्थापकीय ज्ञान र दक्षता सुदृढ हुन नसक्नु ।

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100