यस्तो छ आजको मौसम उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-04
  • 08:01:53
  • सोमबार,बैशाख २१, २०८३
  • यस्तो छ आजको मौसम उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    यस्तो छ आजको मौसम उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।