एसिसी महिला प्रिमियर कप: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-07-31
  • 08:26:55
  • शुक्रबार,साउन १५, २०८३
  • एसिसी महिला प्रिमियर कप: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

    एसिसी महिला प्रिमियर कप: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

    काठमाडौँ– एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता २०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

    मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।

    नेपालले क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। त्यस्तै समूह चरणको खेलमा नेपालले मालदिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भुटान र हङ्कङलाई समान आठरआठ विकेटले पराजित गरेको थियो।

    मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो।