आजको मौसम: पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने - Chaitanya News
  • 2026-05-04
  • 08:01:52
  • सोमबार,बैशाख २१, २०८३
  • आजको मौसम: पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने

    आजको मौसम: पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारणले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

    आज दिउँसो कोशी, बागमती ,गण्डकी र- लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।