काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ। सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका हुन्।
उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए।
यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट गरेका थिए। उनले निकोलस डाविनलाई पनि १५ रनमा आफ्नो शिकार बनाएका थिए। नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ।
नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।