यस्तो छ आजको मौसम कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 14:17:06
  • शुक्रबार,साउन ०१, २०८३
  • यस्तो छ आजको मौसम कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    यस्तो छ आजको मौसम कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।