एसीसी वुमन्स प्रिमियर कप: कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 17:38:24
  • आइतबार,जेठ २४, २०८३
  • एसीसी वुमन्स प्रिमियर कप: कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

    एसीसी वुमन्स प्रिमियर कप: कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

    काठमाडौं– एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ।

    टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो।

    कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन्। उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन्।

    तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन्।

    चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन्।

    यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।