आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-04
  • 08:02:12
  • सोमबार,बैशाख २१, २०८३
  • आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भू–भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशको पहाडी भू–भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।