अध्यक्ष ओलीले भने: देशमै राम्रो वातावरण बनाए खेलाडी विदेश पलायन हुनबाट रोक्न सकिन्छ - Chaitanya News
  • 2026-08-01
  • 14:08:40
  • शनिबार,साउन १६, २०८३
  • अध्यक्ष ओलीले भने: देशमै राम्रो वातावरण बनाए खेलाडी विदेश पलायन हुनबाट रोक्न सकिन्छ

    अध्यक्ष ओलीले भने: देशमै राम्रो वातावरण बनाए खेलाडी विदेश पलायन हुनबाट रोक्न सकिन्छ

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरूका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन्।

    आज (सोमवार) ललितपुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्र्तै उनले राम्रा खेलाडीहरूका लागि बाहिर अवसर धेरै रहेकाले पलायनको अवस्था आएको समेत बताए।

    उनले नेपालले नै अन्तर्राष्ट्रियस्तरका खेलहरू जितेर भविष्यका लागि राम्रो गर्न आवश्यक रहेको बताए। अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा धेरै काम गरेको दाबी गरेका छन्।