काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।
राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन्।
पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरेका छन्।