काठमाडौँ– नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छिन्। बोर्डकी सदस्य मिलन देवकोटालाई बोर्डको कार्यकारी समितिको बैठकले रिक्त सदस्य सचिवमा नियुक्त गरेको हो।
देवकोटाले शुक्रबार नियुक्ति पत्र बुझेकी छिन्। उनलाई बोर्डका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेद्वारा हस्ताक्षरित पत्र दिइएको बोर्डले जनाएको छ।
देवकोटा २३ मार्च २०२२ मा बोर्ड सदस्य नियुक्त भई बजेटको अर्डिनेटरको भूमिकामा थिइन्।