काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।
यस्तै, आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एकेदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तैगरी आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्बनक स् मौसम पूर्वानुमान महाशाखा हिमपात हुस्सु