काठमाडौँ– अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। राज्यव्यवस्था तथा सुशासन समितिले सो विधेयक पारित गरेको हो।
मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले विधेयकलाई प्रतिवेदनसहित सर्वसम्मतिले पास गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।