काठमाडौँ– न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ। उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ।
न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालालाई कास्कीमा, कास्कीका अवनी मैनाली भट्टराईलाई मकवानपुर, तेह्रथुमका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीम बहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ।
त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ।
![]()
![]()