काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको राजीनामा फिर्ता गरिदिएको छ।
डिआइजी चन्दले प्रहरी हेड क्वाटरमा बुझाएको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता गरेको उच्च अधिकारीले जानकारी दिए। चन्दले व्यक्तिगत कारण जनाउँदै राजीनामा दिएका बताएका थिए।