लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-06-07
  • 16:39:04
  • आइतबार,जेठ २४, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका दिइएका भनाई अध्ययन गरि गलत उत्तर छनोट गर्नुहोस् ?

    A) अक्षांश रेखालाई समान्नतर रेखा पनि भनिन्छ ।               B) सम्पुर्ण अक्षांश रेखाहरु पुर्णवृताकार हुन्छन ।

    C) भुमध्य रेखा सबैभन्दा लामो अक्षांश रेखा हो ।              D) भुमध्य रेखाको सहायताबाट स्थानिय समय थाहा पाउन सकिन्छ ।

     

    2.हाइड्रोजन सल्फाईट जस्तो विषालु ग्यास प्रचुर मात्रामा रहेको सागर तलका मध्ये कुन हो ?

    A) कृष्ण सागर                 B) लाल सागर          C) मृत सागर           D) ल्यापटेभ सागर

     

    3.नदी सम्बन्धि दिइएका जोडा मध्ये कुन जोडा गलत छ ?

    A) विश्वकै लामो नदि – नाइल                    B) विश्वकै ठुलो नदि     – अमेजन

    C) सात राष्ट्र भएर बग्ने नदि – डेन्युव          D) एसियाको लामो नदि   – एनिसी

     

    4. तलका मध्ये कुन भनाई गलत छ ?

    A) रक्त संचार पत्ता लगाउने व्यक्ति विलियम हार्वे हुन । B) रेडियो एब्टिभिटि पत्ता लगाउने रोयन्ट जेन हुन

    C) पोलिनियम पत्ता लगाउने म्याडम क्युरी हुन । D) ग्राहम बेलले टेलिफोन आविष्कार गरे ।

     

    5. १५ औ योजनाको अन्त्यसम्म साक्षरता दर (१५-२४) वर्ष माथि कति पुग्ने लक्ष्य रहेको छ ?

    A) ८० प्रतिशत                   B) ८५ प्रतिशत                            C) ७० प्रतिशत         D) ९० प्रतिशत

     

    6.तलका मध्ये राष्ट्रपति शासन प्रणालीको विशेषता कुन होईन ?

    A) सरकार विधायिकाको नियन्त्रणबाट पुर्ण स्वतन्त्र रहने

    B) पुर्ण कार्यकाल सरकारको संचालन

    C) शक्ति पृथकीकरण सिद्धान्तको पुर्ण प्रयोग हुने

    D) सरकार प्रमुख द्धारा जुनसुकै बेला संसदको विघटन हुने

     

    7.तलका कथन विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. Eco Friendly Hydro  भन्नाले 1MW सम्मको विद्युतलाई बुझिन्छ ।

    २. इटाइफु जलविद्युत आयोजना चीनमा पर्दछ ।

    ३. मध्य मस्र्याङ्दी जलविद्युत आयोजना लमजुङमा पर्दछ ।

    A) सबै सहि B) १ र ३ मात्र सहि      C) १ र २ मात्र सहि      D) ३ मात्र सहि

     

    8. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारीहरुको कार्यकाल कति वर्षको हुन्छ ?

    A) ३ वर्ष     B) ५ वर्ष C) ६ वर्ष       D) ४ वर्ष

     

    9.DNA का बारेमा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. डि अक्सिराईवोज सुगरबाट DNA  वन्छ । यसमा दुई रेशा हुन्छन ।

    २. DNA मा क्रामोजोम पाईन्छ ।

    ३. DNA मा चार प्रकारको नाईट्रोजन वेस हुन्छ ।

    ४. DNA मा मात्र पाईने नाईट्रोजन Thymine हो ।

    A) १,२ सहि B) ३,४ सहि C) २,३ सहि            D) सबै सहि

     

    10. नेपालमा कानुनी रुपमा पहिलो पटक मृगौला प्रत्यारोपण गराउने को हुन ?

    A) हेमराज श्रेष्ठ                        B) हेमराज तामाङ        C) टोकराज दाहाल       D) दिनवन्धु थापा

     

    11.रियो सम्मेलनका बारेमा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. १९९२ जुन ३-१४ मा ब्राजिलमा सम्पन्न भएको थियो ।

    २. पृथ्वी सम्मेलनको नामले चिनिने ।

    ३. १७८ राष्ट्रले सहभागी जनाएका थिए ।

    ४.”एकमा पृथ्वीको स्याहार र उपयोग गरौ ” भन्ने नारा रहेको ।

    A) १,२ सहि B) सबै गलत C) सबै सहि     D) ३,४ सहि

     

    12.संयुक्त राष्ट्रसंघद्धारा सन् १९८३ मा गठित वातावरण  विकास सम्बन्धी विश्व आयोगका अध्यक्ष को थिए ?

    A) सी ब्रुटल्याण्ड B) मार्गरेट बु्रटल्याण्ड

    C) ग्रो हालेम बु्रटल्याण्ड D) माथाई बु्रटल्याण्ड

     

    13.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    समुह I                                                                    समुह II

    a. भुकम्प जादा देखिने                                    1. Oval Wave

    b. रेखामा केन्द्रित भुकम्प                               2. Love Wave

    c. ०-१० सम्मको भुकम्पको स्केल                   3. Richter Scale

    d. भुकम्पको स्केल                                        4. Ross Forel

    A) a1,b2,c3,d4                  B) a4,b2,c1,d3                   C) a2,b1,c4,d3                  D) a3,b2,c4,d1

     

    14.उत्तरी ध्रुव देखि दक्षिण धु्रव सम्मको फैलिएको महादेश कुन हो ?

    1. A) एशिया               B) युरोप               C) अफ्रिका             D) उत्तर अमेरिका

     

    15. जोडा मिलान गरि सहि उत्तर छनोट गर्नुहोस् ।

    समुह I                                                                                                    समुह II

    a. नेपालमा रेलवे सेवाको स्थपना                                               1. चीन सरकार

    b. नेपालमा ट्रली बस सञ्चालन                                                  2. ब्रिटिस सरकार

    c. रोपवे                                                                                    3. अमेरिका सरकार

    d. केवलकार                                                                           4. जापान सरकार

                                                                                                   5.स्वदेशी लगानी

    A) a2,b1,c3,d5                             B) a1,b5,c4,d3                   C) a2,b5,c4,d3                   D) a2,b5,c4,d1

     

    16.विश्व पर्यटन संगठन (UNWTO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

    a. जेनेभा, स्वीट्जरल्याण्ड                          b. वासिङ्टन डि.सि अमेरिका

    c. मन्ट्रियल, क्यानडा                                d. म्याड्रिड, स्पेन

     

    17. अन्तराष्ट्रिय तथ्याङ्क पुरस्कार २०२३ बाट सम्मानित हुने व्यक्ति को हुन ?

    A) डेनिस सुलिवान                                B) कैलाम्पुडी राधाकृष्ण राव

    C) शोहान करुणातिलका                      D) भोलोडिमिर जेलेन्स्की

     

    18. चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?

    A) सन् २०२२ जुलाई                       B) सन् २०२३ जुलाई                      C) सन् २०२३ जुन       D) सन् २०२३ जनवरी

     

    19.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।

    १. UNO को सुरक्षा परिषद्मा 15 सदस्य राष्ट्र हुन्छन ।

    २. अन्तराष्ट्रिय मुद्राकोष UNO को प्रमुख अंग हो ।

    ३. नेपाल UNO को सदस्य 14 डिसेम्बर 1955 मा भएको हो ।

    ४. सार्क राष्ट्र मध्ये सबैभन्दा पछि UNO को सदस्यता प्राप्त गर्ने मुलुक अफगानिस्तान हो ।

    A) १,२ र ३ ठिक B) १,२ र ४ ठिक C) १ र ३ ठिक         D) सबै ठिक

     

    20. नेपालमा धेरै तेलहन उत्पादन हुने क्षेत्र तलका मध्ये कुन हो ?

    A) पुर्वी नेपाल B) पश्चिम नेपाल        C) तराई प्रदेश          D) पहाडी प्रदेश

     

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100