काठमाडौँ– उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको मृत्यु भएको छ। आज (मंगलबार) उनको का कारण मृत्यु भएको हो। हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो।
उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो। हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहान कुरा हुँदा अदालत आउने बताएपनि त्यसपछि उनलाई हृदयघात भएको हो।
प्रवक्ता भट्टराईले रातोपाटीसँग भने, ‘बिहान कुरा हुँदा अदालत आउने कुरा थियो। तर पछि एक्कासी हृदयघात भएको रहेछ। हृदयघात भएपछि उनलाई कलंकीको नेशनल अस्पतालमा लगिएको भएपनि त्यहीँ उहाँको मृत्यु भएको परिवारका सदस्यले बताउनुभएको छ।
बिहान कुरा हुँदा अदालत आउने भनेको कारण न्यायाधीश मरासेनी समयमै नआइपुगेपछि मरासिनीकै इजलास अधिकृतले मरासेनीको गोला तानिदिएका थिए। गोला तानिएपछि मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो। मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो।