काठमाडौँ– नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले आफ्नो पाँचौँ विकेट गुमाएको छ। नेपाली बलर आकाश चन्द चम्किएपछि अफगानिस्तानका ब्याट्सम्यानहरु क्रिजमा जम्न नसकेका हुन्।
१० औँ ओभरको पहिलो बलमा अफगानिस्तानाका अली अहमद पाँचौँ विकेटका रुपमा बाहिरिएका हुन्। उनी आकाश चन्दको बलमा ‘एलबीडब्ल्यु’ धरापमा परेका हुन्।
जारी खेलमा आकाश चन्दले चार विकेट लिइसकेका छन्। उनले अफगानिस्तानको दोस्रो, तेस्रो, चौथो र पाँचौँ विकेट आफ्नो नाम लेखाएका हुन्। पहिलो विकेट भने गुलसन झाले लिएका थिए।