आजको मौसम: उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-04
  • 10:16:32
  • सोमबार,बैशाख २१, २०८३
  • आजको मौसम: उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

    आजको मौसम: उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।