आज यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु - Chaitanya News
  • 2026-05-04
  • 10:15:54
  • सोमबार,बैशाख २१, २०८३
  • आज यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

    आज यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु

    काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।