जाडोमा घ्यू राखेको कफी पिउनुका फाईदा - Chaitanya News
  • 2026-05-04
  • 10:15:39
  • सोमबार,बैशाख २१, २०८३
  • जाडोमा घ्यू राखेको कफी पिउनुका फाईदा

    जाडोमा घ्यू राखेको कफी पिउनुका फाईदा

    एजेन्सी– कफीमा घ्यू राखेर पिउँदा पनि फाइदा हुने गर्छ।

    यदि तपाईंले कफीमा अहिलेसम्म घ्यू राखेर पिउनुभएको छैन भने यसका फाइदा जानेपछि अवश्य पिउनुहुनेछ। घ्यू राखेको कफी बनाउनका लागि सहज छ। सामान्य कफीमा एक चम्चा घ्यू राख्नुपर्ने हुन्छ। आउनुहोस् अब यसका लाभका बारेमा जानौं।

    जाडोमा घ्यू शरीरका लागि एकदमै फाइदाजनक हुन्छ। यसमा धेरै प्रकारका पोषक तत्व पाइन्छन्। जस्तै ओमेगा ३ फ्याटी एसिड, भिटामिन ए, के ई आदि। यी सबै पोषक तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन्।

    कफीमा राइबोफ्लेविन, नियासिन, म्याग्नेशियम, पोटाशियम तथा फेनोलिक जस्ता कमाउन्डहरु पाइन्छ। यो शरीरको लागि फाइदाजनक हुन्छ तर कफी अत्यधिक मात्रामा भने पिउनुहुँदैन।

    त्यस्तै घ्यू मा स्वस्थ खालको फ्याट पनि पाइन्छ जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यसमा क्याल्सियमको पनि राम्रो मात्रा पाइन्छ जसले मानिसको पेट लामो समय भरिएको महसुस हुन्छ। यस्तोमा घ्यू राखेको कफी पिएर तपाईं तौल कम गर्न पनि सक्नुहुन्छ।

    त्यस्तै घ्यू राखेको कफीले पेटको दुखाईमा पनि सुधार ल्याउँछ। घ्यू मा क्याल्सियमको राम्रो मात्रा हुन्छ जसले पाचन प्रणालीसँग जोडिएका समस्याहरुलाई सुधार्ने काम गर्छ।

    शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित गर्नका लागि पनि तपाईं घ्यू राखेको कफी पिउन सक्नुहुन्छ। घ्यू मा ब्यूटिरिक एसिड हुन्छ, जसले कोलेस्ट्रोल बढ्न दिँदैन। यसले मुटुको समस्याहरु हुनबाट पनि जोगाउन सक्छ।

    त्यस्तै घ्यू राखेको कफी पिउँदा शरीरमा ऊर्जा प्राप्त हुन्छ। साथमा हड्डीहरुका लागि पनि राम्रो मानिन्छ। तर यसको सिमीत मात्रामा नै सेवन गर्नुपर्दछ। साथमा कफीमा चिनीको प्रयोग गर्नु हुँदैन। चिनी स्वास्थ्यका लागि हानिकारक मानिन्छ।