1. तल दिइएको भनाई अध्ययन गर्नुहोस् र सहि उत्तर छनोट गर्नुहोस् ।
१) सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न जम्मा २५ दिन ५ घण्टा लाग्छ भने सूर्यले परिक्रमा गर्ने कक्षको केन्द्रलाई ग्यालेक्टिक सेन्टर भनिन्छ ।
२) सूर्य लगायत सो भन्दा साना ताराहरु बिस्फोट हुँदा नेभा (Nova) बन्दछ ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै सहि D. दुवै गलत
2.Sumatra, Jav, Burneo टापुहरु कुन समूहमा पर्दछन् ?
A. इन्डोनेसिया B. मेलेनेसिया C. पोलिनोसिया D. माइपोनेसिया
3. नेपालको कुन ठाउँमा क्रमशः तामा, सुन, फलाम र कोइला पाइन्छ ?
A.कुलेखानी, कालीगण्डकी, फुलचोकी, चितवन B.कुलेखानी, कालिगण्डकी, प्यूठान, पाल्पा
C.चोभार, कालीगण्डकी, सल्यान, प्यूठान D.पूलचोकी, कालिगण्डकी, सल्यान, पाल्पा
4. देहायका भनाई अध्ययन गरी गलत भनाई रोज्नुहोस् ।
१) अन्टार्कटिका महादेहशले विश्वको भू–क्षेत्रको ८.९ प्रतिशत भूभाग ओगटेको छ ।
२) अन्टार्कटिका महादेशको ८० % भूभाग हिउँले ढाकेको छ ।
३) अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो भू–भाग भिन्सन म्यासिफ (४,८९२ मि.) हो ।
४) अन्टार्कटिका विश्वको छैटौं ठूलो महादेश हो ।
A. १ र २ गलत B. २ र ४ गलत C. २ र ३ गलत D. ४ मात्र गलत
5.घटनाको आधारमा पहिलेदेखि पछिको क्रम कुन सही छ ?
A. सुगौली सन्धि, थापाथली सन्धि, कोतपर्व, वासठ्ठीकरण
B. सुगौली सन्धि, वासठ्ठीकरण, कोतपर्व, थापाथली सन्धि
C. बवसठ्ठीकरण, सुगौली सन्धि, थापाथली सन्धि, कोतपर्व
D. बासठ्ठीकरण, सुगौली सन्धि, कोतपर्व, थापाथली सन्धि
6. मुलुकी देवानी संहितामा कति भाग रहेका छन् ?
A. ४ भाग B. ५ भाग C. ६ भाग D. ७ भाग
7. नेपाल,भारत र बेलायत बीच भारतमा कार्यरत गोर्खा रेजिमेन्ट सम्बन्धी त्रिपक्षिय सम्झौता कहिले भएको हो ?
A. सन् १९४७ B. सन् १९४८ C. सन् १९४० D. सन्१९४५
8. प्रथम विश्वयुद्धपछि जर्मनीसँग गरिएको भर्सेलिज सन्धि कति वर्षको लागि गरिएको थियो ?
A. १५ वर्ष B. १६ वर्ष C. १८ वर्ष D. २० वर्ष
9. समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
समूह I समूह II
A. राजी 1. गोरखा
B. बरामो 2. झापा
C. दराई 3. दाङ
D. किसान 4. तनहँु
A. A-3, B-2, C-4, D-3 B. A-2, B-1, C-4, D-3
C. A-3, B-1, C-4, D-2 D. A-2, B-4, C-3, D-1
10. कुन राजाको पालादेखि नेपालमा द्धैद्ध शासन व्यवस्थाको सुरुवात भएको हो ?
A. वसन्तदेव B. भाष्कर देव C. उदयदेव D. नरेन्द्र देव
11. निम्नलिखित कथनहरुमध्ये कुन ठीक होइन ? पत्ता लगाउनुहोस् ।
१) म्याग्नाकार्टालाई मानावअधिकारको प्राचीन दस्तावेज मानिन्छ ।
२) फ्रान्सको क्रान्तिलाई बौद्धिका क्रान्ति पनि भनिन्छ ।
३) आद्योगिक क्रान्तिको सुरुवात इटालीबाट भएको थियो ।
४) भारतीय स्वतन्त्रता आन्दोलनमा १९१९–१९४७ को अवधिलाई गान्धियुग भनिन्छ ।
A. १ र २ बेठीक B. ३ र ४ बेठीक C. ३ मात्र बेठीक D. ४ मात्र बेठीक
12. पृथ्वीनारायण शाहले काठमाडौंलाई नेपालको राजधानी कहिले घोषणा गरेका थिए ?
A. वि.सं. १८२० मंसिर १३ B. वि.सं. १८२६ चैत्र १०
C. वि.सं. १८२८ भाद्र ४ D. वि.सं. १८२२ जेठ ४
13. नेपालमा कति वटा प्रदेशमा महानगरपालिका छैनन् ?
A. १ B. २ C. ३ D. ४
14. जोडा मिलाई कोडबाट सहि उत्तर छाननुहोस् ।
समूह I समूह II
A. सिद्धकाली मन्दिर 1. महोत्तरी
B. हतुवागढी 2. भोजपुर
C. विश्रान्ति मन्दिर 3. धनकुटा
D. महिहानी पीठ 4. संखुवासभा
A) a-1, b-2, c-3, d-4 B) a-4, b-2, c-3, d-1
C) a-2, b-4, c-1, d-3 D) a-4, b-1, c-3, d-2
15.‘जाखिरा ताल’ कपिलवस्तु जिल्लामा पर्दछ भने ‘भूमि सरोवर’ कुन जिल्लामा पर्दछ ?
A. अछाम B. डडेलधुरा C. बाजुरा D. बझाङ्ग
16. सन् १६४२ मा भ्लनबिलम मा गृहयुद्ध कुन राजाको शासनकालमा शुरु भएको थियो, जसलाई पछि फाँसी दिइएको थियो ?
A) John II B) James II C) Charles I D) Charles II
17. किचक जातका मानिसहरुको बसोबास रहेको जिल्ला कुन हो ?
A. मोरङ्ग B. बाँके C. रौतहट D. बारा
18. देहायका वाक्यहरु ठीक वा वेठीक के छन् छुट्याउनुहोस् ।
१. ‘एक गाँउ एक उत्पादन’ कार्यक्रमको सुरुवात गर्ने व्यक्ति जापानका मारुहितो हिरामात्थु हुन् ।
२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय कोड VNKT हो ।
३. वि.सं. २००७ सालमा नेपालको साक्षरतादर ५ प्रतिशत थियो ।
A. १, २ ठीक र ३ वेठीक B. १, ३ ठीक र २ वेठीक
C. २, ३ ठीक र १ वेठीक D. माथिका सबै ठीक
19. पाल्पालाई कहिले ढाकाको राजधानी घोषणा गरिएको हो ?
A. वि.सं. २०७८ चैत्र १० B. वि.सं. २०७८ चैत्र ११
C. वि.सं. २०७८ चैत्र १२ D. वि.सं. २०७८ चैत्र १३
20. देहायका भनाई अध्ययन गर्नुहोस् र गलत भनाई रोज्नुहोस् ।
१) नेपाल टेलिभिजन सार्वजनिक संस्थान वर्गीकरण अनुसार सेवा क्षेत्रमा पर्दछ ।
२) नेपालमा निजीकरण ऐन वि.सं. २०५० पौष १९ गतेदेखि लागू भएको हो ।
३) सर्वप्रथम निजीकरण अमेरिकाबाट सुरु भएको हो ।
४) वि.सं. २०२१ सालमा संस्थान ऐन ल्याइयो ।
A. १, ३ र ४ मात्र B. १ र ३ मात्र C. १, २ र ४ मात्र D. १ मात्र
उत्तरहरुः
1. C 11. C
2. A 12. B
3. A 13. C
4. B 14. B
5. D 15. D
6. C 16. C
7. A 17. A
8. D 18. A
9. C 19. C
10. A 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100