काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(ई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।