1. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. पृथ्वीको भित्री भागमा पग्लेको अवस्थामा रहेको तातोपदार्थ 1. म्याग्मा
b. पृथ्वीको भित्रीभागमा रहेको तातो पदार्थ सतहमा आएपछिको नाम 2.लाभा
c. तातो पदार्थ सतहमा आउँने मार्ग 3. डाईक
d. ताातो पदार्थ आउँने मुख्य मार्गको दायाँबायाँबाट गएका अन्य साना मार्ग 4. नली
A) a1,b2,c4,d3 B) a1,b2,c3,d4 C) a1,b3,c2,d4 D) a1,b4,c2,d3
2. विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट K2 गडविन अस्टिन कुन देशमा पर्छ ?
A) चीन B) भारत C) मङ्गेलिया D) पाकिस्तान
3. एपोलो अभियान के सँग सम्बन्धित रहेको छ ?
A) क्यान्सर रोगको औषधी पत्ता लगाउने अभियान B) समुन्द्रको गहिराइृ पत्ता लगाउने अभियान
C) सगरमाथाको उचाई यकिन गर्ने अभियान D) अन्तरिक्ष अनुसन्धान अभियान
4. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश देश
a. युरोप 1. सिसेल्स
b. अफ्रिका 2. एण्डोरा
c. एशिया 3.कोलम्बिया
d. दक्षिण अमेरिका 4. अजरबैजान
A) a1,b2,c3,d4 B) a2,b1,c3,d4 C) a2,b1,c4,d3 D) a2,b3,c1,d4
5. ताल्चा विमानस्थल मुगु जिल्लामा पर्दछ, भने तुम्लिङटार विमानस्थल कुन जिल्लामा रहेको छ ?
A) ताप्लेजुङ B) संखुवासभा C) सोलुखुम्बु D) गोरखा
6. निम्न मध्ये कुन जंगललाई आर्थिक दृष्टिकोणले महत्वपुर्ण मानिन्छ ?
A) उष्ण प्रदेशिय सदावहार जङगल B) समशितोष्ण पतझर जंगल
C) समशितोष्ण कोणधारी जंगल D) लेकाली वनस्पति
7. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a.चेपाङ संग्राहलय 1. बछ्यौली, चितवन
b. लेप्चा संग्रहालय 2.शक्ति खोर, चितवन
c. तामाङ संग्रहालय 3. अन्तुडाँडा, इलाम
d.थारु सांस्कृतिक संग्रहालय 4. धुञ्चे, रसुवा
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a2,b3,c1,d4
8. सन् १९५० मा भएको नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
A) पद्म शमशेर B) केशर शमशेर C) मोहन शमशेर D) बबर शमशेर
9. तलका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. वि.स २००७ सालमा गठन भएको मन्त्रिपरिषद्मा राणा तर्फबाट ५ जना र कांग्रेश तर्फबाट ५ जना मन्त्री भएका थिए ।
२. वि.स २००७ सालमा भएको गठन मन्त्रिपरिषद्मा सुवर्ण शमशेर जबरा राणा तर्फबाट मन्त्री भएका थिए ।
३. वि.स २००७ सालमा गठन भएको मन्त्रिपरिषद्मा सुवर्ण शमशेर जबरा अर्थमन्त्री थिए ।
A. १,३ सहि २ गलत B. सबै गलत C. सबै सहि D. १,२ सहि ३ गलत
10. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
राजाको नाम शासन काल (वि.सं.)
a . पृथ्वीनारायण शाह 1. १८३१ ( १८३४
b. प्रतापसिंह 2. १८२५ ( १८३१
c. गीर्वाण युद्ध विक्रम शाह 3. १८३४ ( १८५५
d.रणबहादुर शाह 4. १८५५ ( १८७३
A) a2,b1,c3,d4 B) a1,b2,c3,d4 C) a4,b3,c1,d2 D) a2,b1,c4,d3
11. नेपालमा पात्रोको प्रकाशन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ?
A) जङ्बहादुर राणा B. रणद्दीप सिंह C. भीमशमशेर D. वीरशमशेर
12. गाईनेहरुले बजाउँने बाजा सारङ्गी लाई पोथी बाजाका नामले चिनिन्छ भने भाले बाजाका नामले चिनिने बाजा कुन हो ?
A. कर्खा B. अर्बाजो C. मालश्री D. झ्याउरे
13. महेन्द्र राजमार्गको बुटवल, कोहलपुर, वनवासा खण्ड कुन देशको सहयोगमा बनेको हो ?
A. चीन B. भारत C. जापान D. रसिया
14.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. पारिजात 1. गेविन्द बहादुर मल्ल
b. गोठाले 2. भवानी भिक्षु
c. भिक्षु 3. विष्णु कुमारी वाईबा
d. काचुँली 4. मञ्जु तिवारी
A) a1,b2,c3,d4 B) a3,b1,c4,d2 C) a1,b3,c4,d2 D) a3,b1,c2,d4
15. ‘Nepal is Transition from the Isolation’ पुस्तकका लेखक को हुन ?
A. सरदार यदुनाथ खनाल B. सम्राट उपाध्याय
C. मञ्जुश्री थापा D. रमेशनाथ पाण्डे
16. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
राजमार्ग राष्ट्रिय कोड
a. महेन्द्र राजमार्ग 1. H01
b. अरनिको राजमार्ग 2. H02
c. त्रिभुवन राजपथ 3. HO3
d. पृथ्वी राजमार्ग 4. H04
A) a2,b3,c3,d4 B) a1,b2,c4,d3 C) a1,b3,c4,d2 D) a1,b3,c2,d4
17. सबैभन्दा बढि स्थानीय तह भएको जिल्ला कुन हो र कतिवटा स्थानीय तह रहेको छन् ?
A. रौतहट – २१ B . सर्लाही – २० C. धनुषा -१९ D. सप्तरी – २०
18. वि.सं. २०८० मा आईक्यु एयरद्धारा सार्वजनिक प्रतिवेदन अनुसार वायु प्रदुषण उच्च भएको सहरको सूचीमा पहिलो नम्बरमा कुन सहर परेको छ ?
A. काठमाडौँ B. दिल्ली, भारत C. लाहोर D. थाईल्याण्ड
19. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको के्रमलिनस्थित निवासमा ‘ड्रोन आक्रमण’ कहिले भएको हो ?
A. सन् २०२३ मे ३ B.सन् २०२३ मे २ C. सन् २०२३ मे ४ D. सन् २०२३ मे ५
20. तल दिइएका जोडा मध्य कुन गलत छ ?
औद्योगिक क्षेत्रको नाम स्थापना मिति
A. बालाजु औद्योगिक क्षेत्र – वि.सं. २०१६
B. हेटौडा औद्योगिक क्षेत्र – वि.सं. २०२०
C. पाटन ओद्योगिक क्षेत्र – वि.सं. २०२९
D. नेपालगञ्ज औद्योगिक क्षेत्र – वि.स. २०३०
21.प्रतिनिधिसभा सदस्यले सम्बन्धित सदनलाई सुचना नलिई कति वटा बैठकमा अनुपस्थित भएमा निजको पद रिक्त भएको मानिन्छ ?
A. ८ वटा B. ९ वटा C. १० वटा D. ११ वटा
22. चराचुरुङ्गी सम्बन्धी विषयको अध्ययन गर्ने विज्ञानको शाखालाई के भनिन्छ ?
A) Ornithology B) Herpetology C) Mammology D) Dendrology
23.जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. विद्युतको पिता 1.अल्वर्ट आईस्टाईन
b. आविष्कारक पिता 2.अलेक्जेण्डर ग्राहम बेल
c. सापेक्षताबादको सिद्धान्त 3. माईकल फराडे
d. टेलिफोन 4. थोमस अल्वा इडिसन
A) a2,b3,c1,d4 B) a3,b4,c1,d2 C) a3,b2,c4,d1 D) a2,b3,c4,d1
24. क्षयरोग जिवाणुका (Mycobacterium tuberculosis) पत्ता लगाउने वैज्ञानिक को हुन ?
A. जे. प्रिष्टले B. रवर्ट चजेब्रो C. रोनाल्ड रस D. रवर्ट कोच
25. वि.सं. २०४४ देखि प्रदान गरिँदै आएको ‘उत्तम शान्ति पुरस्कार–२०८०’ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?
A, डा. नवराज केसी (कृति; शून्यको मूल्य) B. देवेन्द्र भट्टराई (कृति; श्रष्टा र समय)
C. शताब्दी पुरुष सत्यमोहन जोशी (कृति; सत्यमोहन) D. लेखक भारती गौतम (कृति; विगत र बाडुली)
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 228