प्रधानमन्त्री कप: एपीएफका सन्दीप जोराले बनाए शतक - Chaitanya News
  • 2026-06-07
  • 15:21:06
  • आइतबार,जेठ २४, २०८३
  • प्रधानमन्त्री कप: एपीएफका सन्दीप जोराले बनाए शतक

    प्रधानमन्त्री कप: एपीएफका सन्दीप जोराले बनाए शतक

    काठमाडौं– प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन्।

    आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन्। उनले ५ छक्का र ६ चौकाको मद्दतमा शतक बनाएका हुन्।

    टस जितेर बागमतीले फिल्डिङ रोजेपछि एपीएफले ब्याटिङ गरेको थियो। सुरुमा ४१ रन बनाउँदा ५ विकेट गुमाएको एपीएफका लागि पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पुर्‍याएका थिए।

    त्यस्तै उनले भुवन कार्की र अमर रौतेलासँग पनि साझेदारी गर्दै एपीएफलाई २ सयमाथिको स्कोरमा पुर्‍याए। सन्दीपले शतक बनाउँदा एपीएफले ४६ ओभरको खेल सकिँदा ८ विकेट गुमार २१६ रन बनाएको छ।

    यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन्। शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए।