मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो - Chaitanya News
  • 2026-07-17
  • 14:17:01
  • शुक्रबार,साउन ०१, २०८३
  • मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो

    मेलम्चीको सुरुङबाट पानी पठाउन थालियो

    काठमाडौं– मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ।

    अहिले टनेल सफा गर्ने प्रयोजनाका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

    उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिने छ। सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने उनले बताए।

    तर कति दिनमा सुरुङ सफा हुन्छ र कहिलेदेखि नियमित रुपमा पानी पठाइउन सकिन्छ भनेर अहिले नै भन्न नसिकने उनले बताए।

    मेलम्ची नदीको माथिल्लो क्षेत्रमा भएको वर्षापछि लेदोसहितको बाढी आएकाले गत असारमा सुरुङ बन्द गरिएको थियो।